Top Social

| Biosystems Engineer | Biowaste assessment and valorization researcher | Presidential Graduate Research Fellow at Auburn University, USA | Asst. Professor at Tribhuvan University, Nepal |

भान्सामा इन्धन बचाउने काइदा (Fuel saving technique in kitchen)

 भान्सामा इन्धन बचाउने काइदा (९ बैसाख २०६९/21 May 2012 - ब्लाष्ट दैनिक)

-----सागर काफ्ले-----------

आजको मुख्य समस्या बनेको छ इन्धन अभाव। यसका लागि सडक-सदन दुवै तातिएको पनि देखेका छौं र परिणाम पनि थाहा भएकै हो। इन्धनको रुपमा बन फँडानीले गर्दा हरियो बन नेपालको धनको अस्तित्व लोप भएको तथा केहीको ज्यानै गुमेको तितो सत्य पनि हामीमाझ छँदै छ।  विश्व उर्जा संकट कसरि ह़ल गर्ने भन्ने बिषयमा केन्द्रित छ। यसको उपायको खोजमा अर्बौं डलर लगानी भैरहेको छ।  

इन्धनको विकल्पको रुपमा हामीले पनि सोच्ने बेला आएको छ । मुल्यबृद्धि रोक्न गार्है पर्ला। तर हाम्रा दैनिक चलनका केहि बानि सुधारेमा भान्सामा ठुलो मात्रामा उर्जा (इन्धन) बचाउन सकिने कुरामा दुईमत छैन। न त यसका लागि सडक नै तताउनु पर्छ।  भान्सामा इन्धन कसरि बचाउने भन्ने केहि उपायहरु यहाँ प्रस्तुत गरिएको छ।  

  • खाना पकाउँदा भाँडाको मुख छोप्ने गर्नुहोस, यसले तपाइनको ५० प्रतिसत इन्धन तथा समयको पनि बचत हुनेछ।  
  • आगोलाई सकेसम्म ढाक्नुस, यसको मतलब ज्वालालाई बाहिरि बाताबरण (हावा) संग जोगाउनु हो । तपाईं दाउरा प्रयोग गर्नुहुन्छ भने वरिपरि माटो र भुसाको दिवाल सहि ढंगबाट बनाउनु होस् ताकि हावा छिर्न नपाओस।  
  • भाँडा जतिसक्तो पातलो तथा ताप सजिलै पार हुने (Good Conductive) प्रयोग गर्नुहोस।  
  • ज्वाला र भाँडाको दुरी सके सकेसम्म कम गर्नुहोस, ख्याल गर्नुहोस, भाँडाले आगो बल्न अवरोध भने गर्नु भएन।  
  • भाँडाको धेरै जसो भाग आगोको ज्वालाभित्र पार्नुहोस, यसले गर्दा कम भाग बाहिरि बाताबरणमा पर्ने जसले गर्दा कम इन्धनामै खाना तयार हुन्छ।  
  • खाना पाक्नु केहि अगाडी नै आगो बन्द गर्नुहोस, यसले गर्दा इन्धन बचत हुनुका साथै खान पनि पूर्णरुपमा तयार हुन्छ । 
  • सकेसम्म खान पकाउन प्रेसर कुकर प्रयोग गर्नुहोस, सुरुमा प्रेसर कुकर किन्न साधारण भाँडोभन्दा बढी लागे पनि समग्रमा प्रेसर कुकर प्रयोग नै बुद्धिमानी हुन्छ।  प्रेसर कुकरमा एक सिट्ठी लागेपछि इन्धन/ग्यास घटाउनुस।  

(लेखक कृषि इञ्जिनियरिङ्ग अन्तिम बर्षमा अध्ययानरत छन्)